एसईई परीक्षाको तालिका सार्वजनिक (तालिकासहित)

422
views

काठमाडौं, २७, माघ । २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ । आगामी वैशाख ९ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ ।

वैशाख ११ गते अनिवार्य गणित र १२ गते अनिवार्य नेपालीको परीक्षा हुने छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर वैशाख २० गते सकिने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।

यो वर्ष झण्डै ५ लाख ८ हजार विद्यार्थीले परीक्षा दिने अनुमान छ । कोरोना भाइरसको तेस्रो लहर फैलिएसँगै बन्द भएका विद्यालय आउँदो फागुन १ गतेदेखि खुल्दैछन् ।