फलेवास रंगशालाको विस्तार कार्य तिव्र, राष्ट्रिय स्तरका खेल हुने निर्माण समितिको भनाई

1352
views

पर्वत, २७, माघ । पर्वतको कुश्मा नगरपालिका बडागाउँमा रहेको सबैभन्दा ठूलो खेल मैदान शशस्त्र प्रहरी वलको अधिक्रमणपछि समस्या झेल्दै आएको खेल क्षेत्रका लागि अहिले कुश्मा बजार र फलेवास नगरपालिकामा निर्माण भइरहेका छन् ।

कुश्मा नगरपालिकाको वडागाउँमा तारजालीको लगाइएको छ भने फलेवास नगरपालिका वडा नं. ६, देविस्थानमा निर्माणाधीन फलेवास रंगशालालाई स्तरउन्नति गरिएको छ ।

सोमबार गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङका स्वकीय सचिव रोनित गुरुङ लगायतको टोलिले रंगशालामा भएको कामको अनुगमन समेत गरेका छन् ।

फलेवासमा निर्माणाधीन रंगशाला क्षेत्रीयि रंगशाला गण्डकी प्रदेशको दोस्रो स्टेडियम बराबरको भएकोले निर्माण कार्यका लागि बजेट सँगै स्तरउन्नतिको कामलाई तिव्र पारिएको फलेवास रंगशाला निर्माण समितिका सचिव हिटलर थापाले बताए ।

रंगशालाको स्तरोन्नतिको लागि गण्डकी प्रदेश सरकारबाट १० लाख रुपैयाँ सहयोग प्राप्त भएको र उक्त रंगशालालाई व्यवस्थित बनाउन थप सहयोगको पहल गर्ने अनुगमनमा आएका गण्डकी प्रदेशका खेलकुद मन्त्री राजिव गुरुङका स्वकिय सचिव रोहित गुरुङले प्रतिवद्धता व्यक्त गरे ।

फलेवासमा निर्माण भइरहेको रंगशालाले खेलप्रेमी युवा तथा यस रंगशालामा हुने राष्ट्रिय स्तरका खेलहरु खेल्न सहजै सकिने र व्यवस्थापनमा समस्या नहुने स्तरको रंगशाला भएको निर्माण समितिका अध्यक्ष नारायण प्रधानले जानकारी दिए ।

गण्डकी प्रदेश सरकारको खेलकुद मन्त्रालयबाट खेलकुद मन्त्री राजिव गुरुङले बडागाउँ खेलमैदानका लागि पाँचलाख रुपैयाँ, फलेवास रंगशालाको स्तरउन्नतिका लागि १० लाख रुपैयाँ र सुर्योदय युवा क्लव फलेवास–६ ढिकको खेलकुद मैदान निर्माणका लागि सात लाख रुपैयाँ विनियोजन गरेको प्रधानले जानकारी दिए ।

गण्डकी प्रदेश सरकारबाट बजेट परेका खेल मैदानहरुलाई व्यवस्थित, आर्कषक र गुणस्तरीय बनाउनुपर्नेमा अनुगमनमा आएको टिमले जोड दिएको छ ।