तुलसीपुर आगलागीमा पाँच जनाको ज्यान गयो

523
views

दाङ, २८, माघ । तुलसीपुर उपमहानगरपालिका-५ को ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाममा भएको आगलागीमा पाँच जनाको ज्यान गएको छ । आगलागीमा एकजना घाइते भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका-५ ‘ङ’ लाइनमा रहेको ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाम रहेको चार तले घरमा आगलागी हुँदा एक महिला, दुई पुरुष र दुई बालबालिकाको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

मृतकहरुको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको प्रहरीले जनाएको छ ।