चुजी फाउन्डेसनद्धारा अनाथ विद्यार्थीहरुलाई ब्ल्याङ्केट वितरण

517
views

सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिका ७ मा रहेको शिद्धेश्वरी आवासिय माध्यामिक विद्यालयलाई चुजी फाउन्डेसन नेपालले ब्ल्याङ्केट सहयोग गरेको छ ।

वडा नंम्बर ७ मा रहेको शिद्धेश्वरी आवासिय माध्यामिक विद्यालयमा अध्ययनरत अनाथ विद्यार्थीहरुलाई ब्ल्याङ्केट वितरण गरेको हो ।

सुर्खेतको चौकुने गाउँपालिका पुगेर चुजी फाउन्डेसनका प्रतिनिधि मनोज थापा र योगेन्द्र कार्कीको उपस्थितिमा उक्त विद्यालयलाई ब्ल्याङ्केट वितरण गरिएको प्रतिनिधि मनोज थापाले बताए ।

फाउण्डेसनका प्रतिनिधि योगेन्द्र कार्कीले आगामी दिनहरुमा पनि यस्तै खालका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भनेर्, देशभरी रहेका अनाथ, अशाय र आवाशिय विद्यार्थीहरुको लागि सहयोग गर्दै आएको बताए ।

चुजी फाउन्डेसनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालाराम धमाला मार्फत ब्ल्याङ्केट हस्तान्तरण गरेको हो ।

कार्यक्रममा आवासिय विद्यालयका प्रधानाध्यापक रतनसिंह थापा, शिक्षक देवानन्द धमाला, जीवन ज्योति मा।बिका सहायक प्र।अ। ध्रुवराज उपाध्याय,सरस्वती प्रावी मायातालका प्र।अ मायाराम धमाला लगाएतको उपस्थिति रहेको थियो ।

चुजी फाउन्डेसनलाई चौकुनेमा सहयोग गर्ने वातावरण बनाउन स्थानीय युवा समाजसेवी तारा जैसी बजगाईले महत्त्वपूर्ण भुमिका खेलेका थिए ।