एमसीसी प्रस्ताव टेबल गर्ने सभामुखको संकेत

531
views

काठमाडौं, ३, फागुन । सरकारले एमसीसी प्रस्ताव सदनमा प्रस्तुत गरेमा सभामुख अग्नी प्रसाद सापाकोटाले टेबल गर्ने संकेत गरेका छन् । उनले आफू सदनमा रेफ्रीको भूमिकामा रहेको र खेलाडीहरु दल नै रहेको भन्दै त्यस्तो संकेत गरेका हुन् ।

‘म त अम्पायर न हुँ, निणर्ायक भूमिका त दलको हुन्छ,’ आज सर्वदलीय बैठकपछि पत्रकारको एमसीसीबारेको प्रश्नमा उनले भने,‘म अली ओपन माइन्डको छु ।’

सापकोटाले वर्तमान सभामुखको हैसियतमा स्वतन्त्र र निष्पक्ष ढंगले निणर्य गर्ने बताए ।