ब्राजिलको पहाडी क्षेत्र पेट्रोपोलिसको बाढी पहिरोमा ७१ जनाको मृत्यु

524
views

काठमाडौं, ५, फागुन । ब्राजिलको पहाडी क्षेत्र पेट्रोपोलिसमा भिषण बाढी पहिरो जाँदा कम्तिमा ७१ जनाको मृत्यु भएको छ ।

ब्राजिलको रियो दि जेनेरियो शहरको उत्तरतर्फ रहेको पहाडी इलाका पेट्रोपोलिसमा अकस्मात आएको मुसलधारे वर्षापछिको बाढी पहिरोमा ठूलो जनधनको क्षती भएको हो ।

बाढीले दर्जनौं सवारी साधान बगाएको थियो भने पहिरोमा परि सयौं घर ध्वस्त भएका छन् ।

भग्नावशेषमा पुरिएकाहरुको खोजी कार्य जारी छ । अधिकारीहरुका अनुसार उद्धार तथा राहत कार्यलाई छिटो र प्रभावकारी बनाउन शहरमा आपतकाल घोषणा गरिएको छ । उद्धार कार्यमा सेनालाई समेत परिचालन गरिएको छ । एजेन्सी