नेपाल बार एसोसिएशनको चुनाव तालिका सार्वजनिक

537
views

काठमाण्डौ, १०, फागुन । आगामीख चैत १९ गते हुने नेपाल बार एसोसिएशनको २६ औँ केन्द्रीय कार्यसमितिको चुनावका लागि तालिका सार्वजनिक भएको छ । चैत १९ गते देशभरका ३५ वटा निर्वाचन केन्द्रमा मतदान हुनेछ ।

तालिका अनुसार, आउँदो २३ गते उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्नेछ । यस्तै, बारले आज दिउँसो ४ बजे मतदाता नामावली प्रकाशित गर्दैछ ।

आउँदो शुक्रवार मतदाता नामावलीमा दाबी विरोध गरी २० गते मतदाताको अन्तिम नामावली प्रकाशित गर्ने बारले जनाएको छ । यस्तै, आउँदो २३ गते उम्मेदवारीका लागि दरखास्त दिन सकिनेछ ।

बारको अध्यक्ष पदको उम्मेदवारीका लागि ५० हजार रुपैयाँ, उपाध्यक्ष, महासचिव र कोषाध्यक्षका लागि ३५ हजार तथा सदस्यका लागि २५ हजार रुपैयाँ शुल्क लाग्ने जनाइएको छ ।