आईसीसी टि-२० विश्व वरीयतामा नेपाल दुई स्थान खस्कियो

476
views

काठमाण्डौ, ११, फागुन । आईसीसी टि-२० विश्व वरीयतामा नेपाल दुई स्थान तल झरेको छ । विश्वकप क्रिकेट ग्लोबल छनोटको सेमिफाइनलमा यूएईसँग पराजित भएसँगै नेपाल विश्व वरीयतामा तल झरेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको नयाँ वरीयतामा नेपाल १५ औँ स्थानमा छ । यसअघि नेपाल १३ औँ स्थानमा थियो । नेपाल दुई हप्तामै तीन स्थान तल झरेको हो । यसअघि १२ औं स्थानमा रहेको नेपालले चार देश सम्मिलित टि-२० श्रृंखलामा यूएई र आयरल्यान्डसँग हार बेहोरेपछि एक स्थान खस्केको थियो ।

ग्लोबल छनोटको सेमिफाइनलमा यूएईसँग ६८ रनले हारेसँगै नेपाल आउँदो अक्टोबर/नोभेम्बरमा अष्ट्रेलियामा हुने विश्व कप क्रिकेटमा पुग्न असफल भएको छ ।