शक्ति सिद्धान्त र वाद शाहाको सपना

1104
views

–बैकुण्ठ भुसाल
शक्ति के हो ,भन्ने बारेमा थुप्रै विद्वान ,चिन्तक र वैज्ञानिकहरुले मत मतान्तर राखेका छन् । शक्ति उयधभच वा भलभचनथ का बारेमा विभिन्न दृष्टिकोण र मतमतान्तर रहेको पाइन्छ ।शक्तिबिना जीवन चल्न सक्दैन ।जीवन गतिशीलताका निम्ति शक्तिको अनिवार्यता रहन्छ । राजनैतिक, सामाजिक, क्षेत्रमा पनि शक्तिकै महत्व रहेको पाइन्छ । शक्तिबाट नै व्यक्तिले पहुँच कायम गर्दछ । मानव सभ्यताको प्रारम्भदेखि नै शक्तिशाली र कमजोरबीच युद्ध, लडाइँ, हुँदै आएको छ । व्यक्ति, व्यक्तिबीच होस् वा समूह समूह बीच अवसर र अधिकार प्राप्तिको लागि द्वन्द्व हुँदै आएको देखिन्छ । यसरी शक्तिनै मानव गतिशीलताको मुख्य निर्धारक हो भन्ने कुरामा दुई मत हुन सक्दैन । यसरी हेर्दा शक्तिको व्यापकतालाई कसैले नकार्न सक्दैन ।

हिजो इतिहासमा बाद शाहका कथा पढ्न पाइन्छ । दास प्रथा र सति प्रथाका कुरुपताका वास्तविकता बुझ्न पाइन्छ । हिजो मात्र नभइ आजको सचेत युगमा समेत मानव विभेद र दमनका कुरुप व्यवहार र जड प्रथाहरु कुनै न कुनै रुपमा कायम रहँदै आएका छन् त्यस्ता प्रथाहरुले सिङ्गो मानव समाजलाई कुरुप बनाइरहेका छन् भने आजको परिवर्तित युगमा पनि मानिस दमित, हेपित, शोषित र तिरस्कृत हुनु परिरहेको छ । हिजोको मत्स्य न्यायको युग आजको सचेत विश्व मानसिकताले हटाउन सकिरहेको छैन । यो त अव्यक्त रुपमा यत्र तत्र सर्वत्र नै जड बनेर रहिरहेको छ ।

शक्तिशाली र शक्तिहीन भनेर परिभाषा गर्ने गरिन्छ । शक्तिको बारेमा बैज्ञानिकहरुले विभिन्न शक्ति सिद्धान्तहरु स्थापित गरेका छन् । जे होस् भौतिक विज्ञान, जीव विज्ञान र समाज विज्ञानका परिभाषामा शक्तिका भिन्न रुप प्रस्थापित भएको पाइन्छ भने त्यसैअनुसारका शक्ति सिद्धान्त स्थापित भएका छन् । यो लेखनको प्रमुख ध्येय भनेको सामाजिक शक्ति सिद्धान्त र अर्थ राजनीतिक सेरोफेरोको एक चर्चा रहेको छ ।

मानव सभ्यताको प्रारम्भदेखि नै मानव स्वभावको अध्ययन गर्दा अहम् केन्द्रित रहँदै आएको छ । कसैका अहम्मा अर्काेले दमित हुनु पर्ने, अहम् अहमको टकरावमा कमजोर पिल्सिनुपर्ने अवस्थाले लामो समय पार गर्दै आएको छ । यसरी हेर्दन चाल्र्स डार्विनको बाँच्नका लागि संघर्ष सिद्धान्त र शक्ति सिद्धान्तकाबीच मेल रहेको देखिन्छ । माक्र्सको द्वन्द्ववाद र शक्ति सिद्धान्तकाबीच पनि मेल रहेको पाइन्छ । सामाजिक स्तरीकरण र शक्ति लाई पनि परस्परमा अध्ययन गर्न सकिन्छ । आफ्नो स्तरीकरणका लागि व्यक्ति हर सम्भव प्रयत्न गरिरहन्छ भने त्यसका लागि ऊ कसरी शक्तिशाली बन्ने भन्ने सोचमा केन्द्रित भईनै रहन्छ ।

विज्ञान र प्रविधिको जति विकास भएतापनि, मानव सभ्यताले जति काँचुली फेरेतापनि विश्व बन्धुत्वभावका आदर्श जति छाँटिए पनि विश्व मानवताको वास्तविक विजयको नव युग स्थापित हुन सकिरहेको छैन । जबसम्म मानव चेतनाको उच्च विकास र सिङ्गो विश्वचेतद्वारा नवीन मानव संस्कारको युग बोध हुन सक्दैन, तबसम्म सिङ्गो मानव मुक्ति हुन सक्दैन । त्यो समाजमा सिङ्गो मानव शक्ति आपसी मेल र भाइचाराको सचेत हार्दिकतामा ऐक्यबद्ध हुने छ । अब कहिले यो जटिलताबाट सिङ्गो मानव विश्व समाजमुक्त होला भन्ने प्रश्न एक्काईशौँ सताब्दीको मानव सभ्यताकै चुनौतिको रुपमा देखा परिरहेको छ ।

मत्स्य न्याय र सिंह शक्ति घेरा र सिंहनादमा आजको सचेत र सु–संस्कृत मानव समुदायले विश्वास गर्न सक्दैन । हत्या, हिंशा, दमन भेदभाव र भयरहित वातावरणमा पन्पिन, हुर्किन र बाँच्न पाउनु व्यक्तिको नैसर्गिक अधिकार हो ।

मत्स्य न्याय र सिंह शक्ति घेरा र सिंहनादमा आजको सचेत र सु–संस्कृत मानव समुदायले विश्वास गर्न सक्दैन । हत्या, हिंशा, दमन भेदभाव र भयरहित वातावरणमा पन्पिन, हुर्किन र बाँच्न पाउनु व्यक्तिको नैसर्गिक अधिकार हो । सचेत मानव न त अरुका अधिकारको हनन् गर्दछ न त आँफू दमित र अपहेलित भएर बाँच्न सक्दछ । जवसम्म देश देशावरकाबीच शक्ति संघर्षको टकराव चलिरहन्छ शक्ति सम्पन्न राष्ट्रहरुबीच, बाहु बल वा शस्त्र अश्त्रको होड प्रतिहोड चलिरहन्छ । प्रत्यक्ष वा अप्रत्क्ष रुपमा अर्थ राजनीति, व्यापार र प्रविधिको पहुँचको तिक्ततापूर्ण संघर्ष चलिरहन्छ तवसम्म अल्पविकसित र विकासशील राष्ट्रहरुमा सु–शान्ति, सुशासन र समृद्धिका क्षेत्रमा नकरात्मक प्रभाव र असर परिरहेकै हुन्छ ।

दास युग र सामन्तवादी युग अन्त्य भइसक्दा पनि कुनै न कुनै रुपमा त्यसका अवशेषहरु बाँकी रहेको छ । हिजो प्रत्यक्ष वाद शाह हुन्थे । अस्त्र शस्त्र बलमा सिङगो विश्वलाई एउटै मुठीमा पार्ने सपना देख्दथे । शक्ति, शान र मानबाट कहिल्यै नअघाउने तिनीहरुका बिच राज्य विस्तार गर्ने र अर्काे राज्य हडप्ने मनसायले नै युद्ध चलिरहन्थ्यो । आज त्यही बाद शाह शैली व्यक्ति चेतन वा अवचेतन मनमा रहि आएको छ । अरुलाई दबाएर अपमानित गरेर अरुलाई काममा लदाएर ठूलो हुनुपर्ने मानवीय स्वभावले धेरैलाई आक्रान्त पारेको छ । अवसर प्राप्तिको होड ,क्षेत्रगत हिरोइज्म, दमनात्मक नीतिका कारण मानव समाजको कुरुपता हट्न नसकेका कारण सुन्दर समाजको स्थापना हुन सकिरहेको छैन । जुन एउटा गहन सोचनीय सवाल रहिआएको छ ।

हिजोको सामन्त वादी र बाद शाहको युग ठूला ठूला आन्दोलन र युद्दले अन्त्य गरेर नयाँ युगको थालनी भएतापनि आजपनि मानव अन्तर्यबाट त्यो संस्कार हट्न सकिरहेको छैन ।

हिजोको सामन्त वादी र बाद शाहको युग ठूला ठूला आन्दोलन र युद्दले अन्त्य गरेर नयाँ युगको थालनी भएतापनि आजपनि मानव अन्तर्यबाट त्यो संस्कार हट्न सकिरहेको छैन । मानव अन्तैर्यबाट त्यो संस्कार हट्न नसक्नुको कारणबारे गहन अनुसन्धान गरिनु आवश्यक छ । मानिस स्वको आडम्बरबाट ग्रसित छ । मानिस आफूलाई हिरो र अरुलाई जिरो ठान्दछ । स्वस्वार्थ र आडम्बर कै कारण युद्ध, हिंसा हुने गर्दछन् । जतिसुकै प्रगतिशील हुँ भन्नेहरुमा पनि बोली र व्यवहारका बीच मेल खाँदैन । यसैले कार्य व्यवहारबाट नै प्रगतिशील हुनेहरुको संख्या निकै कम देखिन्छ । जसले आँफूलाई चिन्दछ, जसले आत्मा परात्मामा कुनै विभेद गर्दैन, जीवनको नस्वरता र दुःख, सुख बुझ्दछ, जसले मान, शान, धन, प्रतिष्ठालाई गौण ठान्दछ, त्यस्ता व्यक्तिका कार्यबाट मानव समाज सुशोभित हुन पुग्दछ । उनीहरुमा आडम्बरको कुनै गन्ध हुँदैन, व्यक्ति अहंकार र स्वार्थ भन्दा तिनीहरु माथि उठेका हुन्छन्,सामूहिक स्वार्थ र हितका निम्ति उनीहरु को जीवन समर्पित हुन्छ । केही मानिसमा भने चरम अहंकार हुन्छ । अवसर पाउँदासाथ बादशाहको सपना देख्ने प्रवृत्ति उनीहरुमा हुन्छ । शक्ति नै खाऊ, शक्तिमा नै रमाऊ, शक्ति कै रटना शक्ति कै जपना उनीहरुमा हुन्छ । यही मानवीय प्रवृत्ति र स्वभावका कारण सामाजिक असमानता र विभेदहरु रहिरहेका छन् ।

आज देश देशका बीचको बीचमा व्यापक असमानताहरु रहेका छन् । होड प्रतिहोडका कारण विश्व मानसिकता सन्त्रस्त बन्दै गइरहेको छ । यो अशान्ति र होड प्रतिहोड के का लागि भन्ने अहम् प्रश्न रहँदै आएको छ । सन्त्रस्त वातावरण, मानवता हनन र अतिवादिताद्वारा सृजित विश्व सुस्केराको कारक के हो ,बाधक को हो भन्ने वास्तविकताको पहिचान र समस्याको निदान नै आजको सर्वोपरि आवश्यकता हो ।

विज्ञान र प्रविधिको विकासको टकरावको विश्व रँग मञ्चमा शक्ति टकराव र शैन्य वलको होड प्रतिहोडले विश्व मानव समुदायमा अशान्तिका काला वादल मडारिइरहेको देखिन्छ । गरीब देशहरुको पराधिनताको कथा कहिलेसम्म रहने, लक्ष गैरा बारी पुगियो काँडाघारी भने झैँ विपन्न देशहरुको नेतृत्व र त्यहाँको विभिन्न खाले अतिवादिताको भड्कावद्वारा सिर्जित युद्घ र अशान्ति ले समयलाई घकेलिरहँदा नै गरिबी ले गरिबीलाई नै निम्त्याईरह्यो र समस्या रहि नै रह्यो । फूलवारीका सबै फूल फुलिरहन्छन् साझा सौन्दर्य शोभा छरिरहन्छन्, मौरीहरु सामूहिकतामा रमाइरहन्छन् वनेलुहरुका सामुहिक जीवन र प्रतिरक्षा प्रणाली कम मोह लाग्दो छैन यसैले सचेत मानव समाजमा सचेत प्रयत्नद्वारा नै समता र न्याय प्रणालीको स्थापना गर्नु पर्दछ ।अब को सचेत मानसिकताले कुनै पनि प्रकारको दासता र दमन स्वीकार्न सक्दैन ।

अब शक्ति मानवताको क्षयीकरणका निम्ति होइन मानव मुक्ति, स्वतन्त्रता र युगीन जागरणका निम्ति लगाउनु नै न्यायोचित र श्रेयस्कर हुन जान्छ । अब यो विश्वसमाजबाट मत्स्य न्यायको प्रवृत्तिलाई सदाका लागि हटाएर समता, भातृत्व, विश्व बन्धुत्व, विश्व प्रेम र मानवताको पूर्ण विजय र मुक्तिका निम्ति सचेत, सभ्य र शालिन क्रान्तिको बाटोमा अगाडि बढ्नु नै अहिलेको साझा अभिभारा हो ।