शर्तहरुले बेरिएको सहयोग चाहिँदैन-खनाल

344
views

१५ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्टबारे संसदमा सुरु भएको छलफलमा भाग लिँदै पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सांसद झलनाथ खनालले एमसीसीबारेका सबै सम्झौता उपलब्ध गराउन माग गरोका छन् ।

खनालले ‘सम्पूणर् दस्तावेजहरु यो सदनमा नल्याई कसरी छलफल हुनसक्छ । म २७५ जना सांसदहरुलाई आग्रह गर्न चाहन्छौं, तपाई हामी भेडाबाख्रा होइनौं, जनताका प्रतिनिधि हौं । कुनै पनि सम्झौतबारे ए टू जेड हेर्न पाउनुपर्छ, अध्ययन गर्न पाउनुपर्छ । अनि मात्र यो सदनले के गर्ने भन्ने निणर्य गर्नुपर्छ ।’

हामीलाई ५० करोड डलर अमान्य भएको होइन, १ खर्ब डलर दिएपनि लिन्छौं । थुप्रै प्रोजेक्टहरु छन् । तर शर्तहरुले बेरिएको सहयोग एक पैसा पनि चाहिँदैन ।’