नगदसहित जुवाडे पक्राउ

535
views

पर्वत, २४, फागुन । जिल्ला प्रहरी कार्यालय पर्वतले नगद सहित पाँच जनालाई जुवाखालबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक राजेन्द्र अधिकारीको प्रहरी टोलीले अडचालिस हजार एकसय ७० रुपैयाँ नगद सहित प्रहरीले पाँचजनालाई पक्राउ गरेको हो ।

पर्वतको कुश्मा नगरपालिका- ७ दुर्लुङचोकको एक घरमा अबैध रुपमा हारजितको जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुलाई जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय पर्वतबाट पहिलो पटक दिन १० दिनको म्याद थप प्रदान गरी अनुसन्धान भईरहेको जानकारी दिएको छ ।