फुटसल प्रतियोगितामा नेपालको पहिलो सहभागिता

778
views

काठमाडौं, २३, असार । अन्तराष्ट्रिय फुटसल प्रतियोगितामा नेपालले पहिलो सहभागिता जनाउने भएको छ । असोज २७ गतेबाट इरानमा हुने एएफसी फुटसल च्याम्पियनसिप २०१८ को छनोट प्रतियोगिता खेल्न लागेको हो ।
मध्य र दक्षिण एसियाली क्षेत्रको छनोट प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले उज्वेकिस्तान, किर्गिस्थान र तुर्किमिनिस्तानसँग प्रतिस्पर्धा गर्नेछ भने समूह ‘बी’ मा आयोजक इरानसँगै ताजकिस्तान र अफगानिस्तान रहेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को फुटसल समितिले फुटसल लिग सञ्चालन गरेर राष्ट्रिय टोली बनाउने बताएको छ । अहिलेसम्म फुटसलको राष्ट्रिय टोली भने बनेको छैन ।
दुबै समूहका विजेता र उपविजेताले एएफसी फुटसल च्याम्पियनसिप २०१८ मा प्रतिस्पर्धा गर्नेछन् । १६ टोलीको सहभागिता रहने फाइनल प्रतियोगिता माघ २३ गतेबाट हुने जनाइउको छ । फुटसलको लोकप्रियता बढ्दो क्रममा भए पनि एन्फाले अहिलेसम्म आधिकारिक रूपमा प्रतियोगिता गरेको छैन । एन्फा फुटसल समितीका अध्यक्ष रमेश रायमाझीले साउन तेस्रोबाट १६ टोली सम्मेलित फुटसल लिग सञ्चालन गर्ने र त्यसै प्रतियोगिताबाट एएफसी फुटसल च्याम्पियनसिपका लागि खेलाडी छनोट गर्ने बताएका हुन् । एन्फा फुटसल समितिले लिग सञ्चालन गुर्नअघि फुटसल रेफ्री कोर्स सञ्चालन गर्ने समेत जनाएको छ ।