ईन्जिनियरिङ एसोसिएसन प्रदेश समितिको चुनाव हुने, कस्ले मार्ला बाजी ?

287
views

सुर्खेत । यही फागुन–२७ गते नयाँ नेत्तृवको लागि ईन्जिनियरिङ एसोसिएसन कर्णाली प्रदेशको दोस्रो कार्यकारिणी समितिको चुनाव हुने लागेको छ ।

नयाँ नेतृत्व चयनका लागि दुईवटा समूह चुनावि मैदानमा खडा भएसँगै आ–आफ्नो प्यानललाई जिताउँन भन्दै चुनावी प्रचारप्रसार समेत थालेका छन् ।

२७ गते शुक्रबार हुने निर्वाचनका लागि बामपंथी तथा (नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी) बाट एकीकृत प्रगतिशील ईन्जिनियर समूह र नेपाली काँग्रेसबाट लोकतान्त्रिक समूह मैदानमा उत्रिएका हुन् ।

२७ गते निर्वाचनका लागि दुईवटा समूहले विभिन्न माध्यमबाट आफ्ना पदाधिकारी र सदस्यहरूलाई जिताउनका लागि भोट माग्ने कार्यलाई तिब्र पारेका छन् ।

यस्तै, एकीकृत प्रगतिशील ईन्जिनियर समूहबाट सभापतिमा ईन्जिनियर नरेश खड्का र लोकतान्त्रिक समूहबाट ईन्जिनियर हरी केसीको प्यानल मैदानमा उत्रिएका छन् । यसैबीच बाहिरबाट धेरैजसो नागरिकले एकीकृत प्रगतिशील ईन्जिनियर समूह निर्वाचनमा बाजी मार्ने आंकलन गरेका छन् ।

यस्तै, ईन्जिनियर नरेश खड्का नेतृत्वको एकीकृत प्रगतिशील ईन्जिनियर प्यानललाई हराएर आफ्नो जित हासिल गर्न हरी केसी नेतृत्व लोकतान्त्रिक प्यानललाई चुनौती समेत देखिएको धेरैले आकंलन गरेका छन् ।

प्रगतिशीलको जित निश्चित ईन्जिनियर भण्डारी

 

यस्तै, ईन्जिनियर नरेश खड्का नेतृत्व प्यानल एकीकृत प्रगतिशील इन्जिनियर समूहबाट प्रदेश सदस्यदलका उम्मेदवार ईन्जिनियर बमबहादुर भण्डारीले आफ्नो जित निश्चित भएको बताएका छन् ।

भण्डारीले नेपाल ईन्जिनियरिङ्ग एसोसिएसन कर्णाली प्रदेशको दोस्रो कार्यकारिणी समितिको चुनावमा प्रगतिशीत समूह नेतृत्वका जुजारू, युवा र सहि दृष्टिको , आजको आवश्यकता पुरा गर्दै भाविपुस्ताका लागि ईन्जिनियर क्षेत्रमा पेशागत हकहितका लागि मार्गदर्शन देखाउन साथै अधिकार प्राप्त गर्ने भएकाले सबैले भोट गर्न आग्रह गरे ।

भण्डारीले प्रभावकारी ढङ्गबाट ईन्जिनियरहरूलाई देशविकासको निर्माण गर्न, न्तव्य तयार गरिभावि निति, नियम बनाई अगाडि बढ्न, सबै ईन्जिनियरहरूको आवाज लाई गोलबद बनाई एकस्वर निति लागु गर्न, शिखर झै पेशागत मर्यादा कायम गर्ने योजनाका साथ हाम्रो प्यानल अगाडी बढेको छ ।’