टर्की पुगे २० हजार युक्रेनी

379
views

एजेन्सी, २५, फागुन । रूसले युक्रेनमा सैन्य हमला गरेपछि त्यहाँका नागरिकहरु बिदेसिएका छन् । त्यस क्रममा २० हजार जनाभन्दा बढी युक्रेनी नागरिक टर्की पुगेको टर्कीका अधिकारीले जनाएका छन् ।

फेब्रुअरी २४ देखि आइतबारसम्ममा युक्रेनबाट भागेर २० हजार ५ सय ५० जना नागरिक टर्की पुगेका छन् । रूसले युक्रेनमा फेब्रुअरी २४ मा सैन्य हमला गरेको थियो ।

त्यसपछि आक्रमणको त्रासले यहाँबाट नागरिक भाग्ने क्रम सुरु भएको थियो । टर्कीको आन्तरिक मामिलासम्बन्त्री मन्त्रालयका अनुसार हाल युक्रेनी नागरिकलाई टर्की प्रवेश गर्न प्रवेशाज्ञा नचाहिने भएको छ । उनीहरू राहदानी तथा परिचयपत्रका आधारमा त्यहाँ प्रवेश गर्न सक्ने भएका छन्।