लाईसेन्सका लागि नयाँ आवेदन बन्द

399
views

काठमाण्डौं, १, चैत्र । सवारी चालक अनुमतिपत्र लाइसेन्सका लागि नयाँ आवेदन आजदेखि बन्द भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

यातायात व्यवस्था विभागले हिजो सोमबार सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि अनलाइन आवेदन बन्द गरेको जानकारी गराएको छ ।

अहिलेसम्म परेका अनलाइन आवेदनको टुङ्गो लगाउनुपर्ने विभागले जनाएको छ ।