लेखनाथ महोत्सवमा २ करोड १५ लाखको कारोबार

661
views

लेखनाथ, १ चैत्र । लेखनाथमा जारी १७ औं संस्करणको लेखनाथ महोत्सवमा सोमबारसम्म दुई करोड १५ लाखको कारोबार भएको छ ।

महोत्सवमा अहिलेसम्म ८० हजार दर्शकले अवलोकन गरेको प्रचार प्रसार उपसमितिका संयोजक गोपीचन्द्र बास्तोलाले जानकारी दिए ।

महोत्सवमा अहिलेसम्म एक सय ७० जनाले कोरोना बिरुद्धको भ्याक्सिन समेत लगाएका छन् भने स्वास्थ्य सुरक्षाका लागि आयोजकले एक टिकटमा एक माक्स समेत उपलब्ध गराएका छन् ।

सोमबार विद्यालयस्तरिय कार्यक्रम, रत्यौली गीत, जनजातीको पहिचान सहितको नृत्यहरु राखिएको थियो । गायनतर्फ पूर्णकला वि.सी र चन्द्र शर्मा लगायतका कलाकारले दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए ।

मंगलबार चर्चित गायक पशुपति शर्मा, सन्दिप सिंह राना, सरस्वती लामिछाने लगायतको प्रस्तुती रहने आयोजकले जानकारी दिएका छन् ।

यही फागुन २६ देखी जारी महोत्सव चैत ७ गतेसम्म संचालन हुनेछ । महोत्सवमा स्वदेशी तथा विदेशी उत्पादन कम्पनीका विभिन्न बस्तु तथा सेवाहरुका तीन सय भन्दा बढी स्टलहरु राखिएका छन् ।