परिवार दलको प्रवक्तामा दैलेखका भण्डारी

546
views

सुर्खेत । नेपाल परिवार दलको केन्द्रिय प्रवक्तामा रुपसिंह भण्डारी नियुक्त भएका छन ।

मंगलबार काठमाडौँमा अध्यक्ष एकनाथ ढकालको अध्यक्षमा बसेको दलको केन्द्रिय कार्यसमितिको बैठकले युवानेता भण्डारीलाई प्रबक्ता चयन गरेको हो ।

दैलेखका भण्डारी दलको सह(महामन्त्री समेत हुन । नेता भण्डारीले त्रिभुवन बिश्वविद्यालयवाट स्नातकोत्तर तथा एमफिल गरेका छन् ।

पछिल्लो समय युवाहरुबीच लोकप्रिय भण्डारी संविधान सभाको निर्वाचनमा समेत परिवार तलबाट उम्मेदवार रहेका थिय । प्रवक्ता भण्डारीले दलले दिएको जिम्मेवारी पुरा गर्न आफुले कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता ब्यक्त गरे ।

युवा नेता भण्डारी सक्रिय राजनीतिसँगै समाजसेवामा पनि उत्तिकै चासो राख्छन् । आफुलाई विश्वास गरेर पार्टिले पार्टि प्रवक्ताको जिम्मेवारीको सही ढङ्गबाट संचालन गर्ने भण्डारीको भनाई रहेको छ ।