विश्वकप लिग २ मा नेपाल पपुवा न्युगिनीसँग खेल्दै

415
views

काठमाडौं, २, चैत्र । युनाइटेड अरब इमिरेट्स (यूएई) मा मंगलबारदेखि सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग टु मा आज नेपालको पहिलो खेल रहेको छ । नेपालले आज पपुवा न्युगिनीसँग नेपाली समय अनुसार बिहान सवा ११ बजे खेल्ने छ ।

यसअघि नेपालले श्रीलंकामा एक साताभन्दा बढी तयारी र अभ्यास खेलेको थियो । लिग टु अन्तर्गत नेपाल, यूएई र पपुवा न्युगिनी बीचको शृंखला ८ गतेसम्म हुनेछ ।