गण्डकी प्रदेशमा नृत्य अनुसन्धान

768
views

राजाराम पौडेल
पोखरा,४, चैत्र । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा गण्डकी प्रदेशका विभिन्न जातीको नृत्यको बारेमा यतिबेला अनुसन्धान भइरहेको छ ।

गत माघ १ गतेबाट सुरु भएको अनुसन्धान कार्य चैत्र मसान्तभित्र सक्ने तयारी गरिएको गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा अध्ययन अनुसन्धान उपसमिति संयोजक गोरे गुरुङले जानकारी दिए ।

नृत्यु अनुसन्धानकर्ताहरु गण्डकी प्रदेशका विभिन्न जिल्लामा पुग्ने काम भएको छ । अनुसन्धानकर्ताले अक्षर र भिडियो समेतका जानकारीहरु संकलन गरेका छन् । यो वर्ष सबै जातीलाई समेट्न नसकेपनि बाँकी जातीलाई क्रमैसँग अर्कोवर्ष छनोट गर्दै अनुसन्धान गरिने प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले बताए ।

अनुसन्धान आफैमा ऐतिहासिक पाटो भएको तथा प्रतिष्ठान स्थापनाको छोटों समयमा थोरै बजेटमा यो वर्ष कम्तीमा ३० वटा लोपउन्मुख नृत्यको अनुसन्धान र छायांनकान गर्न लागिएको उनले जानकारी दिए ।  लोपोन्मुख नृत्यको संरक्षण गर्दै नयाँ पिंडीलाई यस्ता नृत्यबारे जानकारी दिनको लागि यो कार्य गरिएको सदस्य सचिव श्रेष्ठले बताए ।

यो अनुसन्धान कार्यको लागि १४ जना अनुसन्धानकर्ता छनोट भएका थिए । अनुसन्धानकर्तामा थकाली जातीको लागि ज्योति भट्टचन, कुमाल जातीको लागि इश्वर कुमाल, छन्त्याल जातीको लागि हरिचन छन्त्याल, माझी जातीको लागि नम्रता केसी, गुरुङ जातीको लागि तेज बहादुर गुरुङ, मगर जातीको लागि मनोज घर्ती मगर, थारु जातीको लागि डा. विष्णु कुमार सिञ्जाली छन् ।

दरै जातीको लागि राज कुमार दरै, तामाङ जातीको लागि कुमार तामाङ, दुरा जातीको लागि लाल बहादुर भुजेल, ब्राम्हण तथा क्षेत्री जातीको लागि खगराज शर्मा, नेवार जातीको लागि रमेश लिगल, दमाई जातीको लागि बसन्त खनाल र गन्धर्व जातीको लागि डा.तुलसी राम खनालले अनुसन्धानकर्ताको जिम्मेवारी पाएका छन् ।