युवा नेतृ न्यौपाने माओवादी केन्द्र सह इञ्चार्ज

791
views

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र कालिकोटकी प्रभावशालि तथा युवा नेतृ यसुदा न्यौपाने (पुर्णिामा)माओवादी केन्द्र सह( इञ्चार्ज भएकी छन् ।

न्यौपाने माओवादी केन्द्रकी केन्द्रिय सदस्यसमेत हुन्। माओबादी पार्टी भित्र राम्रो छबि बनाएकी नेतृ हुन् । पछिल्लो समय उनले कर्णाली र कालिकोटको विकास र उन्नति र पार्टीलाई सक्रिय बनाउने अहम भूमिका खेलेकी छन् । यतिमात्र भने र सशक्त दश बर्षीय जनान्दोलनमा पिडितको घाउको मलाम बनेकी छिन् ।

उनी कालिकोटकी प्रभावशालि माहिला नेतृ हुन् । न्यौपाने लामो समय देखि माओवादीमा सक्रिय युवा नेतृ हुन् । उनी अहिले माओवादीलाई कालिकोटमा पहिलो पार्टी बनाउने सोचमा रहेकी छिन् ।

आउने वैशाख ३० मा हुन लागेको स्थानिय तहको निर्वाचनमा कालिकोट जिल्लाको पहिलो पार्टी बनाउने बताएकी छिन । २०७४ सालको चुनावमा पनि माओवादी पहिलो पार्टी नै थियो । ९ वटा स्थानीय क्षेत्र रहेको कालिकोटमा जसमा २ वटा नगरपालिका र ४ गाउँपालिकामा माओवादी जितेको थियो ।

एक नगरपालिका र २ गाउँपालिकाका एमालेर जितेको थियो भने एक गाउँपालिका कांग्रेसले जितेको थियो ।

न्यौपानेले सह( इञ्चार्ज पद पाए लगतै पार्टीलाई झन् मजबुत बनाउने बताएकी छिन। यो भन्दा अघिला चुनावमा केहि कमि कमजोरी भएका छन् भने पनि उसलाई नै मार्ग दर्शन बनाएर जाने बताएकी छिन् । हामीबाट केहि कमि कमजोरी पनि छन् त्यसलाई सुधारेर अघि बढ्ने समेत उनले बताइन ।

साथै फागुन १५ गते एमसीसी अनुमोदन भएपछि सबैले माओवादी र पुष्पकमल दाहाल ‘प्रचण्ड’ रास्ट्रघातीको ट्याग दिएका छन् । यो बिल्कुल गलत बुझेका छन् । गाउँमा यसको गलत प्रचारप्रसार भएको छ । यसैको भ्रम चिर्न अहिले आफु झन् सक्रिय भएको छु । देश बचाउने पार्टी भनेकै माओवादी हो । कसैले पनि भ्रममा नपर्दा हुन्छ । हामीले एमसीसी अनुमोदन गर्दा गल्ति गरेको छौँ भनेर । देशको समृद्धि र देशको हितमा रहेको छ ।

उनी युवाका सपना बोकेका नेत्री हुन् । कालिकोटको विकास र समृद्धिको नारा बोक्ने एक मात्र नेत्री हुन् न्यौपाने। प्रभावशालि नेता न्यौपाने माओवादी केन्द्रले जनयुद्धको अवस्था देखि बर्तमान स्थिति सम्मको बलिदान र अहोरात्र खटाइ देश र जनताको लागि परेका छन् । उनले विगत ४ दशक यता कर्णालीका युवा र आशालाग्दा नेत्रीको रुपमा पनि हेर्ने गरिन्छ । न्यौपाने गाउँपालिका देखि केन्द्र सम्म राजनीति राम्रो छबि बनाएकी युवा नेत्री हुन् ।