उदयपुर आगलागीमा एकजनाको मृत्यु, सात घर जले

568
views

उदयपुर, १४, चैत्र । उदयपुरको उदयपुरगढी गाउँपालिका–१ शिखरपुरमा भएको आगालागिमा ६८ बर्षिय शिवमाया मगरको ज्यान गएको छ । आगालागिबाट सात घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

विद्युत् सर्ट भएर आगो लागेको अनुमान सँगै घटनाको अनुसन्धान भइरहेको छ । आगो हिजो बेलुका नै निभाइएको थियो । उदयपुरगढी गाउँपालिका–१ का वडाध्यक्ष खेतबहादुर मगरकाअनुसार स्थानीय ओमबहादुर मगरको घरबाट आगो लाग्न सुरु भएको थियो ।

आगलागीमा भैरव बहादुर ग्राङ्जामगर, पदमबहादुर ग्राङ्जामगर, यम्बरबहादुर ग्राङ्जामगर, दिपबहादुर ग्राङ्जामगर, धनमाया ग्राङ्जामगर, शेरबहादुर ग्राङ्जामगर र ओमबहादुर ग्राङ्जामगरको घर गोठ पू्र्णरूपमा जलेर नष्ट भएको छ ।