एमाले अध्यक्ष केपी शर्मा ओली पर्वत आउँदै

476
views

पर्वत, १५, चैत्र । एमाले पर्वतको आयोजनामा यही चैत्र २६ गते हुन लागेको आमसभालाई संवोधन गर्न पुर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पर्वत आउँदै छन् ।

नेकपा एमाले निकट भातृ संगठनहरुको संयुक्त जिल्ला अधिवेशन तथा चुनाव केन्द्रित आम सभालाई सवोधन गर्न अध्यक्ष ओली पर्वत आउन लागेका हुन् । ओली संवोधन सभामा अत्यधिक जनसहभागिता जुटाउन एमाले पर्वतद्धारा विभिन्न समिति तथा उपसमितिहरु गठन गरेको छ ।

कार्यक्रमको तयारीका लागि मुल व्यस्थापन समितिको संयोजकमा शिव पौडेल, आर्थिक समितिमा हरिओम शर्मा लामिछाने रहेका छन् ।