त्रिकोणात्मक टी–ट्वान्टी सिरिजः आज मलेसिया र नेपाल भिड्दै

299
views

काठमाडौं, १६, चैत्र । काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट श्रृंखलामा आज नेपाल र मलेसिया भिड्दैछन् ।

पहिलो खेलमा जित हात पारेका दुबै टोली आज लगातार दोस्रो जितको खोजीमा हुनेछन् । आयोजक नेपालले श्रृंखलाको पहिलो खेलमा पपुवा न्युगिनीलाई हराएको थियो ।

यसैगरी, मलेसियाले पनि मंगलबार भएको खेलमा पपुवा न्युगिनीमाथि ८ रनको जित निकालेको थियो । आजको खेलमा विजयी हुने टोलीले श्रृंखलामा अग्रता लिनेछ ।

डबल राउण्ड रोबिन लिगको आधारमा चलिरहेको श्रृंखलामा सहभागि तीन देशले एक अर्कासँग दुई–दुई वटा खेल खेल्नेछन् । टी–ट्वान्टी श्रृंखलाभन्दा अगाडि सम्पन्न दुई खेलको एक दिवसीय श्रृंखलामा भने पपुवा न्युगिनीले नेपाललाई २–० ले हराएको थियो । इमेज खवरबाट