रुस–यूक्रेनबीच भएको वार्ताले सकारात्मक उर्जा दिएको चीनको प्रतिक्रिया

360
views

एजेन्सी । रुस र यूक्रेनबीच भएको पछिल्लो वार्ताले सकारात्मक उर्जा दिएको चीनले जनाएको छ । चीनको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर इस्तानबुलमा हिजो भएको दुई देशबीचको वार्ताले सकारात्मक उर्जा दिएको उल्लेख गरेको छ ।

रुस र यूक्रेनबीच शान्तिपूर्ण नतिजाका लागि भएको प्रयासको विश्व समुदायले प्रशंसा र समर्थन दिनुपर्ने प्रवक्ता वाङ वन पिनले निकालेको विज्ञप्तिमा उल्लेख छ । साथै सङ्कटको समाधान गर्ने सबभन्दा व्यावहारिक उपाय वार्ता भएको र त्यसका लागि सहकार्य हुनुपर्ने चीनको अडान रहेको चिनियाँ पराराष्ट्र मन्त्रालयलाई उद्धृत गरी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

रुस र यूक्रेनबीच हिजो टर्कीको राजधानी इस्तानबुलमा भएको वार्तामा रुसले युक्रेनको किएभ र चेर्निहिवमा सैन्य गतिविधिलाई कम गर्ने निर्णय भएको रुसको रक्षा मन्त्रालयले जनाएको छ । उज्यालो अनलाईनबाट