धनगढी उपमहानगरपालिकामा काँग्रेस विजयी

713
views

कैलाली, २४, असार । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयर उपमेयर दुवै पदमा नेपाली कांग्रेस विजयी भएको छ । धनगढी मेयरमा कांग्रेसका नृप वडले १४ हजार ३ सय २४ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार ५ सय २७ मत प्राप्त गर्नुभएको थियो ।
सोही नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकै सुशीला भट्टले १७४०८ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) की रुक्मणी देवकोटाले १२ हजार ७ सय ६३ मत प्राप्त गर्नुभएको थियो । नृप वड दलित समुदायबाट मेयर बन्ने पहिलो व्यक्ति हुनुहुन्छ । ७६ हजार ४३० मतदाता रहेको उपमहानगरमा ५४ हजार ६५६ मत खसेको थियो । खसेको मतमा प्रमुखमा तीन हजार ९८३ र उपप्रमुखमा दुई हजार ६८९ मत बदर भएका छन् ।