फलामखानीमा अस्ताउँदै एमाले, फष्टाउँदै नेकपा एकीकृत समाजवादी

1004
views

पर्वत, २२, चैत्र । पर्वतको महाशिला गाउँपालिका–६ फलामखानीमा नेकपा एकिकृत समाजवादीको संगठन विस्तार भएको छ । एमालेमा रहेका नेता कार्याकर्ताले समाजवादी रोजेपछि मन बहादुर सुनारको अध्यक्षतामा ३३ सदस्यिय वडा कमिटी गठन भएको हो ।

कमिटीको उपाध्यक्षमा शान्ति सुनार, सचिवमा उमादेवी सुनार उपसचिवमा धन बहादुर सुनार र हिमा सुनार चयन हुनुभएको समाजवादी प्रेस संगठन पर्वतका अध्यक्ष तथा पार्टी जिल्ला कमिटी सदस्य लक्ष्मण विश्वकर्माले जानकारी दिए ।

कमिटी घोषणा कार्यक्रममा बोल्दै नेकपा एस पर्वतका उपसचिव विराज हमालले संविधान र लोकतन्त्रको रक्षा गर्दै जनहितमा काम गर्ने उद्देश्यले एकीकृत समाजवादी स्थापना भएको बताए ।

नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य लक्ष्मण विश्वकर्माले फलामखानी लगायत जिल्लाकै विकास,समाज रुपान्तरण र सकारात्मक परिवर्तनका लागि सबै जनता नेकपा एकीकृत समाजवादीमा गोलबन्द हुन आग्रह गरे ।

अनेरास्ववियू पर्वतका अध्यक्ष तथा एस जिल्ला कमिटी सदस्य सन्तोष सुनामले नवगठित वडा कमिटी पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै दृढताका साथ पार्टी गतिविधिमा सक्रिय हुन आग्रह गरे ।

देशव्यापी आक्रमक रुपमा संगठन विस्तारमा लागेको एकिकृत समाजवादी पार्टीको संगठन देशव्यापी फष्टाउँदै गएको छ भने एमाले अस्ताउँदै गएको छ । समाजवादी पार्टीमा आकर्षण बढ्दै गएको सो पार्टीका नेताहरुको भनाई छ ।