श्रीलङ्कामा ४१ सांसदद्वारा गठबन्धन छाड्ने घोषणा

425
views

एजेन्सी । श्रीलङ्कामा सत्तारुढ दलका सहित ४१ सांसदले समर्थन फिर्ता लिएका छन् । सांसदको समर्थन फिर्तासँगै राष्ट्रपति गोटावाय राजापाक्षको गठबन्धन सरकार अल्पमतमा परेको छ ।

उनीहरुले मिलिजुली सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन् । गोटावायको श्रीलङ्का पोडुजाना पेरामुनाको नेतृत्वमा रहेका दलका सांसदले अब आफूले स्वतन्त्र रूपमा प्रतिनिधित्व गर्ने बताएका छन् ।

सन् २०१९ मा भएको चुनावमा सत्तारुढ गठबन्धन एक सय ४५ सिटमा विजयी भएको थियो । संसदमा दुई सय २५ सदस्य छन् । आर्थिक संकट भोगिरहेको श्रीलङ्कामा राष्ट्रपति राजापक्षको राजीनामा माग्दै प्रदर्शन भइरहेका छन् ।

राष्ट्रपति गोटावायले प्रतिपक्षी दललाई राष्ट्रिय सरकारका लागि आह्वान गरी मन्त्रिपरिषदमा आउन आग्रह गर्नुभएको छ । नवनियुक्त अर्थमन्त्री अली सब्रीले २४ घण्टा पनि नबित्दै राजीनामा दिने घोषणा गर्नुभएको थियो ।

विदेशी मुद्राको सञ्चिति नभएका कारण श्रीलङ्काले इन्धन र अन्य वस्तुको आयातको पैसा तिर्न सकेको छैन ।