अमेरिकाले लगायो रुसविरुद्ध थप नाकाबन्दी

487
views

एजेन्सी । अमेरिकाले रुस विरुद्ध थप आर्थिक नाकाबन्दी घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार राति थप नाकाबन्दी घोषणा गर्नुभएको हो । रुसी राष्ट्रपतिका दुई छोरी र अन्य नातेदार तथा विदेशमन्त्री सर्गेई लाभारोभका आफन्तहरुलाई लक्षित गरी आर्थिक नाकाबन्दी लगाएको हो ।

यस्तो प्रतिबन्ध लगाईकाहरुको सूचि करिब एक हजार जनाको रहेको जनाइएको छ । जस अनुसार उनीहरु संलग्न रहेका ब्यापार तथा लगानीहरुलाई विश्वबजारमा प्रतिबन्ध लगाइने छ भने उनीहरुका विदेशमा रहेका सम्पति पनि फ्रिज गरिने छ ।

यस्तै, रुसका दुई ठूला बैंकहरु अल्फा र स्बर्समाथि पनि अमेरिकाले प्रतिबन्ध लगाएको छ । त्यस्तै, रुसी सरकारी प्रतिष्ठानहरुमाथि पनि प्रतिबन्ध लगाइने घोषणा गरिएको छ । सैन्य सामग्री उत्पादन तथा विक्री वितरण गर्ने वागनर समूहमाथि पनि प्रतिबन्ध लगाइएको छ ।

रुसी विमानहरुलाई अमेरिका, इयु र क्यानडाको आकाशमा प्रतिबन्ध लगाइएको छ भने बेलायतले रुसी धनाढ्यहरुका चाटर्ड विमानहरुमाथि पनि प्रतिबन्ध लगाएको छ ।

यता, युक्रेनले भने अमेरिकासहित पश्चिमा देशहरुले लगाएको नाकाबन्दी पर्याप्त नहुने भन्दै रुस विरुद्ध तेल निर्यातमै प्रतिबन्ध लगाउनु पर्ने बताएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पश्चिमा देशहरुलाई रुसी तेल किन्न बन्द गर्न पनि आग्रह गर्नुभएको छ ।