लिखतपारीतको  शतवार्षिकीमा सेवाग्राही सम्मानित

406
views

नम्रता लामिछाने
पर्वत, २, बैशाख । मालपोत कार्यालय पर्वतले सेवाग्राहीलाई सम्मान गरेको छ । लिखतपारीतको शतवार्षिकीको अवसरमा मालपोत कार्यालय पर्वतले सेवाग्राहीलाई सम्मान गरेको हो ।

शतवार्षिकी कार्यक्रममा कुश्मा नगरपालिका-७ साविक शिवालय गाविस-४ का चन्द्रकान्त जैसी, कुश्मा नगरपालिका वडा नं ११ पकुवाकी सीता तिमिल्सिना र कुश्मा नगरपालिका-१ पाङका ओमप्रसाद चापागाई सम्मानित भएका हुन् ।

२०७८ चैत्र ३० गतेदेखि २०७९ बैशाख २ गते तीनदिनसम्म आयोजित कार्यक्रममा पहिलो सेवाग्राहीका रुपमा मालपाेत कार्यालय पर्वतमा आज आएका सेवाग्राही सम्मानित भएका हुन् ।

सेवाग्राहीलाई सम्मान गर्दै मालपोत कार्यालय पर्वतका प्रमुख मुकुन्द लामिछानेले पोत हुँदै लिखत पारीतको शतवार्षिकी मनाउनु सुखद रहेको बताए ।

लामिछानेले मालपोत कार्यालय पर्वतले सेवाग्राहीको काम छिटो छरीतो रुपमा गर्दै आएको र आगामी दिनमापनि सेवाग्राहीको काममा टाढाटाढाबाट आउने सेवाग्राही, वृद्ध, अपाङ्गता भएका सेवाग्राहीको कामलाई विशेष प्राथमिकता दिई काम गर्ने प्रतिवद्धता जनाए ।

कार्यालय प्रमुख लामिछानेले सेवाग्राहीलाई खादा, फुलमाला र अविर लगाएर सम्मान गरेका थिए ।