आठबीस नगरपालिका अध्यक्षमा मार्क्सवादी सिफारिस

1836
views

सुर्खेत । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट आठबीस नगरपालिका १ सातालाको वडा अध्यक्षमा युवा नेता वीरबहादुर मार्क्सवादी सिफारिस भएका छन् । वडा कमिटीको बैठकमा अध्यक्ष पदमा आकांक्षा व्यक्त गरेका मार्क्सवादी को नाम वडा नगर कमिटी हुँदै जिल्ला कमिटीमा पठाइएको छ।

बाल्यकालदेखि नै राजनीति यात्रा सुरु गरेका वीरबहादुर मार्क्सवादी अनेरास्ववियु जिल्ला कमिटी दैलेखको को सह(सचीव , उत्पीडित जातीय मुक्ति समाज कर्णाली प्रदेश कमिटीको सदस्य तथा दैलेख जिल्ला कमिटीको सचीव नेकपा एमाले तत्कालीन साताला गाउँ कमिटीको सचिब र अध्यक्ष हुँदै हाल नेकपा एमाले आठबीस नगर कमिटीको सचीब रहेका छन् ।

सामाजिक तथा राजनीति क्षेत्रमा जीवन नै समर्पण गरेका वीरबहादुर मार्क्सवादीले राजनैतिक शास्त्रमा स्नातक उतिर्ण गरेका छन् ।

हाल सम्म कुनै पनि लाभको पद नलिएका युवा नेता मार्क्सवादी हाल सम्म स्वच्छ छवि बनाउनुका साथै राजनीति बैचारिक तथा जनमतका हिसाबले बलिया मानिन्छन् भने युवा,विद्यार्थी र बुद्धिजीवीका माझ पनि उत्तिकै लोकप्रिय मानिन्छन् ।

सैद्धान्तिक वैचारिक तथा विकासबादी नेताको छवि बनाएका बीरबहादुर मार्क्सवादी आठबीस क्षेत्रमा उज्ज्वल भबिष्य बोकेका आशालाग्दो युबा नेताकों रुपमा चिनिन्छ्न्।

सामाजिक न्याय र स्वतन्त्रता कायम गरि सबल र समृद्व वडा निर्माण गर्न र पाँच दलिय गठबन्धनलाई परास्त गर्न युबा नेता मार्क्सवादी नै वडा अध्यक्षको उम्मेदवार बन्नु पर्ने अधिकांश पार्टी नेता कार्यकर्ता , युबा बिद्यार्थी र बुद्धिजीवीहरुको माग छ।

गरिब ,बिपन्न र उत्पीडित उपेक्षित बर्गले अत्याधिक रुचाइएकै कारण उहाँका वडा अध्यक्षमा उम्मेदवारी रहेको हो।उहाँ संगै थप ५ जना वडा अध्यक्षकालागी सिफारिस भएका छ्न।