नेकपा एमालेका अध्यक्ष ओली पुगे हुम्ला

338
views

सुर्खेत । नेकपा एमालेका अध्यक्ष हुम्ला पुगेका छन् । ओली सिमकोट विमानस्थलबाट सिधैँ लिमीतर्फ लागेका छन् ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको चुवानी प्रचारका लागि ओली हुम्ला पुगेका थिए ।

नेपालगञ्जबाट सिम्रिक एयरको हेलिकोप्टरबाट अध्यक्ष ओलीसहितको टिम हुुम्ला आएको हो । सिमकोट विमानस्थलमा अध्यक्ष ओलीको प्रमुख जिल्ला अधिकारी सीता परियार र सुरक्षा निकाय प्रमुखत लगायतका एमाले नेता कार्यकर्ताले स्वागत गरेका थिए ।

सिमकोट विमानस्थलमा केही समय विश्राम पछि उनको टोली हेलिकोप्टरबाट लिमीतर्फ लागेको छ । लिमीबाट हेलिकोप्टरमा लाप्चाजाने र लाप्चाबाट जुुन नेपाली भुुमिबाट मानसरोवर कैलाशको दर्शन गर्ने कार्यक्रम रहेको एमाले हुुम्लाका अध्यक्ष कलबहादुुर हमालले बताए ।

लाप्चाबाट मानसरोवरको दर्शनपछि लिमीको हल्जीगाउँमा स्थानीयद्धारा गर्ने स्वागत कार्यक्रममा उनी सहभागीहुुनेछन् । पर्यटकीय तथा संरक्षित क्षेत्र लिमी उपत्यकाको पनि हेलिबाट अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

लिमीबाट सिमकोट फिर्ता भएपछि सिमकोटमा सञ्चालनहुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सिमकोटको सभालाई सम्बोधनपछि अध्यक्षओलीआजै दक्षिणी क्षेत्रको अदानचुलीगाउँपालिकाको श्रीनगरमा सञ्चालनहुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

अध्यक्ष ओली जिल्लामा आएपछि सिमकोटको सुरक्षा ब्यवस्था कडा गरिएको छ । उनको टिममा एमाले महासचिव बिष्णु पोखरेल अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य लगायतको टोली छ ।