प्रहरीले नियन्त्रणमा लियो नेकपा (क्रान्तिकारी माओवादी) का पर्चा पोष्टर

704
views

पर्वत, ७, बैशाख । नेकपा (क्रान्तिकारी माओवादी) पर्वतका प्रचार प्रसार सामाग्री प्रहरीले नियन्त्रणमा लिएको छ ।

चुनाव बहिष्कारको निर्णय गरेको सो पार्टीले निर्वाचन वहिष्कारका पर्चापम्प्लेटहरु टाँस्दै हिडेको अवस्थामा कुश्मा बजारबाट नियन्त्रणमा लिएको नेकपा (क्रान्तिकारी माओवादी) पर्वतका जिल्ला ईन्चार्ज तेजेन्द्र पौडेलले जानकारी दिए ।

सक्रिय निर्वाचन बहिष्कारमा जुटेको माओवादीले चुनाव विरोधी गतिविधिका प्रचार प्रसार सामाग्री छापेको छ । सो पार्टीले प्रतिक्रियावादी निर्वाचन बहिष्कार गरौं भन्ने नारामा मतपेटीका जलाएको प्रचार सामाग्री बनाएको छ ।

प्रहरीले निर्वाचन आचार संहिताको समयमा निर्वाचन विरोधी पर्चा व्यानरहरु टाँसेको भन्दै नियन्त्रणमा लिएको हो ।