एसईई परीक्षा आजदेखि, ५ लाख बढी परीक्षार्थी सहभागी

315
views

काठमाडौं, ९, वैशाख । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ । परीक्षामा ५ लाख बढी परीक्षार्थीहरु सहभागी भएका छन् ।

परीक्षामा ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ एक लाख ५७ हजार ९१४ छात्र र २ लाख ५७ हजार ५३ जना छात्रा गरी कूल ५ लाख १४ हजार ९६७ परीक्षार्थी सहभागी हुन आवेदन फारम भरेका थिए ।

दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार ४५४ विद्यार्थी र प्राविधिक धारतर्फका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी पनि एसईईमा सहभागी छन् ।

परीक्षामा सबैभन्दा कम मनाङका ४३ विद्यार्थी छन् । एसईईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० जना विद्यार्थी पनि एसईईमा सहभागी भएका छन् ।