रोकायाद्धारा ठाटीकाँध गाउँपालिका अध्यक्षमा उम्मेदवारी घोषणा

990
views

दैलेख । ठाटीकाँध गाउँपालिका अध्यक्ष पदका लागि राज बहादुर रोकायाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

ठाटीकाँध गाउँपालिका वडा नम्बर ६ का युवा नेता रोकायाले गाउँपालिका अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन ।

पालिकामा जहिले पनि बुढापुरानाकै हालीमुहाली हुने र विकासका नाममा सिन्को भाच्न नसक्ने परिपाटीको अन्त्य गर्न युवाले नेतृत्व गर्नुपर्ने बेला आएको हुनाले आफ्नो गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेको रोकायाको भनाई छ ।

अवका दिनमा ठाटीकाँध गाउँपालिका परिर्वतन गर्न युवाको नेतृत्वमा आउनुपर्छ भन्ने मागलाई सम्बोधन गर्दै अध्यक्षमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेको छु,’उनले भने,‘सम्पुर्ण विकासप्रेमी युवा मनहरु र सम्पुर्ण ठाटीकाँध गाउँपालिकाबासीलाई एकपटक मलाई साथ दिन अनुरोध गर्दछु ।

के के छन् प्रतिवद्धता
१. शैक्षिक क्षेत्र
(क) शैक्षिक जनशक्तिको वृद्धि र विकास गर्दै सामुदायिक विद्यालयको शैक्षिक स्तरलाई उकास्न प्रयत्न गर्ने र निजी विद्यालयमा अध्ययन गर्न सहर धाउनुपर्ने परिपाटीको अन्त्य गर्ने ।

(ख) बहुप्राविधिक शिक्षालय स्थापना गरी उल्लेखित कार्यक्रम अहेव,ओभरसियर आइटी, कृषि प्राविधिक को कक्षा सञ्चालन गरी सिपयुक्त जनशक्ति तयार गरी रोजगारी सिर्जना गर्ने ।

(ग) माध्यामिक तहसम्मको शिक्षालाई निशुल्क, अनिवार्य र वैज्ञानिक बनाउनुका साथै हाल सामुदायिक विद्यालयले लिदै आएको चर्को शुल्क लिने बाताबरणको अन्त्य गर्ने ।

(घ) पालिका स्तरबाट सिर्जना गरिएका दरबन्दी शिक्षकहरुको सेवा सुविधा वृद्धि गर्दै अन्य दरबन्दीसरह पु¥याउने र पालिका स्तरमा कार्यरत सम्पूर्ण तहका कर्मचारीहरुलाई प्रोत्साहन भत्ताको व्यवस्था गर्ने ।

(ङ) पढ्दै कमाउदै कार्यक्रमको पूर्ण कार्यान्वयनको पहल गर्ने ।
(च) शिक्षामा उच्चतम प्रविधीको प्रयोग, व्यवस्थित प्रयोगशाला, पुस्तकालय निर्माणमा जोड दिने ।

२. स्वास्थ्य क्षेत्र 
(क) रोगी रुपमा रहेका अस्पताललाई निरोगी बनाउने ।

(ख) घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरी प्रत्येक नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने ।

(ग) प्राविधिक स्वासथ्य केन्द्र ठाँटीकाँधमा ३ वटाएमबीबीएस दरबन्दी सिर्जना गरी नियमित विशेषज्ञ सेवा प्रदान गर्ने ।

(घ) नियमित र आधारभूत स्वास्थ्य परिक्षणका सम्पूर्ण आधुनिक स्वास्थ्य परिक्षण सामग्री र औषधीको व्यवस्था गर्ने ।

(ङ) प्रत्येक वडामा भएका स्वास्थ्यचौकीको स्तरोन्नती गरी व्यवस्थित प्रभावकारी स्वास्थ्य सेवाको व्यवस्था गर्ने ।

३. यातायात क्षेत्र
(क) नयाँ ट्रयाक खोल्नुको साटो खोलिएका ट्रयाकको मर्मत सम्भार स्तरोन्नती गरी ग्राभेल गर्दै पिच गर्नको लागि पहल गर्ने ।(ख) प्रत्येक रुटमा निश्चित भाडादर कायम गर्ने ।(ग) नाला, ढल निकासलाई व्यवस्थित गर्ने । सडक चौडा गर्ने ।
(घ) ठाँटीकाँध, सिगौडी, विशाला, गैरेगाउँ, धनकोट, बिजारे, दह, स्याउलेकाँध, तोलीजैसी हुँदै ठाँटीकाधसम्म घुम्ती रोड सञ्चालन गरी घुम्ती बस सेवा सञ्चालन गर्ने ।

४. सञ्चार क्षेत्र
(क) पालिका भित्र सबै क्षेत्र समेट्ने गरी इन्टरनेट फाइबर लाईन विस्तार गर्ने ।
(ख) फोन नेटवर्कको लागि आवश्यकता अनुसार टावरको निर्माण गर्ने ।
(ग) ठाटीकाँध गाउँपालिका भित्रका संचार क्षेत्रमा कार्यरत पत्रकारलाई संचार सामग्रि सहयोग गर्ने ।

५. विद्युत क्षेत्र
(क) केन्द्रिय प्रसारण लाईनलाई विद्युतिकरण गरी घर घरमा लाईन विस्तार गरिनेछ ।
(ख) स्थानिय खोलानालाबाट सकेजति विद्युत उत्पादन गरिनेछ ।

६. खानेपानी क्षेत्र
(क) प्रत्येक वडामा भएका पानीका मुहानको पहिचान गरी संरक्षण र प्रवद्धन गर्ने ।
(ख) खानेपानीको आपुर्तिलाई निरन्तरता दिइनेछ ।
(ग) पहिलो चरणमा ५ घर १ धारा निर्माण गरिनेछ ।

अन्य
१) बिजारे, मदानताल, धौलापाडा, मालिका, बुकीछडी, ठूलीछडी, भिमपाइला आदी ठाउँलाई पर्यटकिय स्थल र धार्मिक स्थलको रुपमा विकास गर्ने ।
२) क्रिकेट, फुटबल र भलिबल खेललाई मध्येनजर गरी जिल्ला स्तरको खेलकुद मैदान निर्माण गरिनेछ ।
३) नियमित हवाई मैदान निर्माण गरीने र आकस्मिक अवतरणको लागि ठाँटीकाँधमा हेलिप्याड व्यवस्थीत गरिनेछ ।
४) कृक्षिमा आधुनिकिकरण र बैज्ञानीकीकरण गरी कृषिमा आत्मनिर्भर बनाइनेछ । जसका लागि समय समयमा माटो परीक्षण गरी माटो सुहाउँदो धेरै उत्पादन गर्न सकिने आधुनिक विउविजन उत्पलब्ध गराइनेछ र नगदेवालीमा जोड दिइनेछ । कृषि संकलन केन्द्रको स्थापना गरिनेछ ।
५) पालीका र वडाका आफ्नै भवन निर्माण गरिनेछ ।
६) हेलो जनप्रतिनिधी कार्यक्रम सञ्चालन गरिनेछ ।
७) ःद्यद्यक्, इन्जिनियरिङ्ग र एजम अध्ययनको लागि विशेष छात्रवृत्तिको व्यवस्था गरिनेछ ।
८) जौचरमा रहेको तामाखानी र धनकोटमा रहेको स्लेट खानी व्यवस्थित गरी उत्खनन् गर्ने ।
९) सामुहिक तथा साझेदारी लगानीमा युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने ।
१०) उपयुक्त ठाउँ अनुसार बेमौसमी तरकारी खेती, उन्नत तरीकाले पशुपालन, माछापालन, बाख्रा पालन, भैसी पालन, पेशालाई व्यवसायिकरण र बजारीकरण गर्ने ।
११) वन पैदावार र तस्करी कार्यलाई नियन्त्रण गर्ने एक ब्यक्ति एक बिरुवा रोप्ने कार्यक्रम लागु गर्ने ।
१२) एकिकृत र व्यवस्थीत वस्ती निर्माण गर्ने ।
१३) प्रत्येक घर परिवारलाई गोबरग्याँस प्लान्ट निर्माण र आधुनिक चुलो निर्माणको लागि अनुदानको व्यवस्था गर्ने ।
१४) नदी कटान नियन्त्रण गर्ने ।
१५) ठाँटीकाधमा मेला लगाउने र कार्यक्रम व्यवस्थित कार्यक्रम स्थल निर्माण गर्ने ।