हिमा गाउँपालिका अध्यक्षमा नेता शाही सर्वसहमत चयन

304
views

सुर्खेत । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जुम्लाको हिमा गाउँपालिका अध्यक्षमा अम्मराज शाही (अम्बरजंग) सर्वसहमत चयन भएका छन् ।

हिमा गाउँपालिका नेकपा माओवादी (केन्द्र)को अध्यक्षमा यूवा तथा बिद्यार्थी नेता अम्मराज शाही अमरजङ्ग सर्व सम्मत चयन भएका हुन् । अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष तथा पार्टी प्रदेश कमिटी सदस्य युवा नेता शाही लोकप्रिय छन् । केन्द्रीय राजनीतिसँग परिचित शाही कुशल संगठक र एक्सन ओरिन्टेड नेता भनेर चिनिन्छन ।

उनि बिधार्थि कार्यकर्तालाई संरक्षकको रूपमा एकदम रूचाईएका नेता हुन । उनि जनयुद्धको चिनारी स्वरुप आफुलाइ राजनीतिमा पुर्णकालिन प्रस्तुत गरेका युवा नेता समेत हुन ।

राजनीतिमा लागेको काला्े धुवाँको अन्त्य गरेर युवा अघि सर्नुपर्ने बेला आएकोले पालिका अध्यक्षमा आफुलाई सहयोग गर्न समेत अपिल गरेका छन् ।