थापाद्धारा गाउपालिका अध्यक्ष पदमा मनोनयन दर्ता

656
views

दैलेख । ठाटीकाँध गाउँपालिकाको अध्यक्ष पदमा दिपेन्द्र थापाले स्वतन्त्र उम्मेदवारी उठेका थापाले मनोनयन दर्ता गरेका छन् ।

ठाटीकाँध गाउँपालिका वडा नम्बर २ का युवा नेता थापाले गाउँपालिका अध्यक्षमा मनोनयन दर्ता गरेका हुन ।

ठाटीकाँध गाउँपालिकामा सधै ठुलाबडाकै रजगज चलेको र माखो पनि मार्न नसकेको अवस्थामा अवको नेतृत्व युवाले गर्नुपर्ने बेला आएको हुनाले आफुले गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेको थापाले बताए ।

अवका दिनमा ठाटीकाँध गाउँपालिका परिर्वतन गर्न युवाको नेतृत्वमा आउनुपर्छ भन्ने मागलाई सम्बोधन गर्दै अध्यक्षमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेको छु,’उनले भने,‘सम्पुर्ण विकासप्रेमी युवा मनहरु र सम्पुर्ण ठाटीकाँध गाउँपालिकाबासीलाई एकपटक मलाई साथ दिन अनुरोध गर्दछु ।