दुइ नम्बर वडा अध्यक्षमा मनोज थापाको उम्मेदवारी दर्ता

492
views

सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिका २ मनोज थापाले वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

ठाटीकाँध २ का युवा नेता मनोज थापाले सोमवार निर्वाचन अधिकृतको कार्यालय ठाटीकाँधमा वडा अध्यक्ष पदमा मनोनयन दर्ता गराएका छन् ।

नेपाल परिवार दलका सुर्खेत जिल्ला संयोजक समेत रहेका थापाले आफु वडा अध्यक्ष जितेको खण्डमा वडा नम्बर दुइमा जनतालाई अनुभुत हुने गरी काम गर्ने बताएका छन् ।

म अरु नेता जस्ता जनतालाई ठुला ठुला आश्वासन र गफ गर्दै हिड्दैन,’उनले भने, ‘वडा अध्यक्ष जितेको खण्डमा वडा नम्बर २ को मुहार परिर्वतन गर्नेछु ।’

चुनावका बेला जिताइदिन भन्दै हात खुट्टा ढोग्ने र चुनाव जितेपछि टाउको बटार्दै आफ्नै स्वार्थमा रमाउने चलन छ,’उनले भने, ‘म वडा अध्यक्षमा निर्वाचित भएपछि जनताले मलाई जिताएको कुनै पछुतो हुन दिने छैन ।’