ठाटीकाँध दुइ नम्बर वडा अध्यक्षमा शाहीद्धारा उम्मेदवारी

480
views

दैलेख । ठाटीकाँध गाउँपालिकाको वडा नम्बर -२ को वडा अध्यक्षमा नर बहादुर शाहीले उम्मेदवारी दिएका छन् ।

ठाटीकाँध गाउँपालिका वडा नम्बर -२ मा लोकप्रिय शाहीले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि दुइ नम्बर वडा अध्यक्षमा उम्म्ेदवारी दर्ता गरेका छन् ।

ठाटीकाँध गाउँपालिकामा सधै शासककै रजगज चलेको आफ्नै स्वार्थका लागि काम गर्ने प्रवृत्तिको अन्त्य गरी सुसासनयुक्त समाजको स्थापना गर्न नेपाली कांग्रसबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेको शाहीले बताए ।

अवका दिनमा ठाटीकाँध गाउँपालिका परिर्वतन गर्न सही र सक्षम नेतृत्वमा आउनुपर्छ भन्ने मागलाई सम्बोधन गर्दै वडा अध्यक्षमा उम्मेदवारी दर्ता गरेको छु,’उनले भने,‘सम्पुर्ण विकासप्रेमी युवा मनहरु र सम्पुर्ण ठाटीकाँध गाउँपालिका दुइ नम्बरबासीलाई एकपटक मलाई साथ दिन अनुरोध गर्दछु ।,