पराजित भएपनि जनतामाझ नै बस्छुः निर्मल रावत

1151
views

सुर्खेत ।  नेकपा (माओवादी) केन्द्रबाट दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्षको लागि निर्मल रावत चयन भएका छन् ।

  ठाटीकाँध गाउँपालिकामा राम्रो छवि बनाएका नेताका रुपमा परिचित रावत निर्विरोध अध्यक्षमा चयन भएका हुन । ठाटीकाँधबासी जनताका माझमा रहेर जनताले नै बनाएको आटो ढेँडो खाएर जनता माझनै रमाउने उनको बानी छ ।

सडक,शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, पर्यटनका क्षेत्रमा पाँच वर्षे विकासको मोडेल बनाएको रावतको भनाई छ । ठाटीकाँध गाउपालिकाबासीले विश्वास गरेमा पाँच वर्षे मोडेल अनुसार काम गर्छु,’उनले भने, ‘जनताले नै पराजित गराएछन् भने पनि जनताकै माझ आटो ढेँडो खाएर जनताकै सेवा समस्यामा लागिरहन्छु ।’

यो समय भनेको एक डेढ महिना धाएर पाँच वर्षसम्मका लागि राम्रो खेती दिने फसल हो । त्यसैले राम्रो मान्छे चुन्नेकी नजिकको स्वार्थ भए पुग्छ भन्ने हो त्यो जनताले सोच्न आवश्यक छ,’उनले भने । त्यस्ता घटना यहाँभन्दा पहिले पनि नदोहोरिएका भने होइनन्,’ उनले भने, ‘यो पटक जनताले दश पटक सोचेर निर्णय लिन अनुरोध गर्दछु ।

जनताले मलाइ नै जिताउनु पर्छ म भन्दिन, तर राम्रो मान्छेलाइ दश पटक सोचेर मतदान गरेर आगामी पाँच वर्षका लागि सही नेतृत्व चुन्नुस ।’