दैलेख समाज दक्षिण कोरियाको दोस्रो अधिवेसन सम्पन्न, नयाँ कार्य समिति चयन

1283
views

सुर्खेत ।  रोजगारीका लागि दक्षिण कोरिया पुगेकाहरुको संस्था दैलेख समाज दक्षिण कोरियाको दोस्रो अधिवेसन सम्पन्न भएको छ । अप्ठेरोमा र विभिन्न समस्यामा परेका दैलेखी र सम्पुर्ण नेपाली नागरिकलाई सहयोग गर्ने उद्धेश्यका साथ गठन गरिएको दैलेख समाज दक्षिण कोरियाको दोस्रो अधिवेसन सम्पन्न भएको हो ।

दैलेख समाज दक्षिण कोरियाको दोस्रो अधिवेसन सम्पन्न भएसँगै नयाँ कार्यसमिति चयन भएको छ । दैलेख समाज दक्षिण कोरियाको अध्यक्षमा आत्मा प्रसाद आचार्य, बरिष्ठ उपाध्यक्षमा कलम कार्की चयन भएका छन् ।

त्यस्तै उपाध्यक्षमा यज्ञराज चौलागाईँ, लक्ष्मण शर्मा, बालकृष्ण शर्मा, लब शाही, र महासचिवमा बिनोद कुमार शाही चयन भएका छन् ।

त्यस्तै सचिवमा गणेश शाही, शिव कडेंल, तियनाथ न्यौपाने, कोषध्यक्षमा सुमन बुढा, र सदस्यहरुमा महेश शाही, राजेन्द्र बडुवाल, रविन्द्र सिजापति, अनिल योगी, निर्वाचित भएको संस्थाका सचिव शिव कडेंलले जानकारी दिए ।

उनका अनुसार नव निर्वाचित पदाधिकारीलाई निर्वाचन संयोजक प्रविन शाही, खगेन्द्र खनाल, धर्म तिवारीको समुहले निर्वाभित भएको घोषणा गरेका थिए ।

रोजगारीका लागि दक्षिण कोरियामा रहेका दैलेखी मनहरुको एकताले कोरियामा रहेका दैलेखी र सम्पुर्ण नेपालीलाई सहयोग पुग्ने कडेंलको भनाई छ ।

दक्षिण कोरियामा रहेका सम्पुर्ण दैलेखी मनहरु एक साथ हातमा हात र काँधमा काध मिलाएर अघि बढ्ने प्रयास गरेका छौँ,’उनले भने, ‘हाम्रो यो एकताले दैलेखका बिभिन्न क्षेत्र आपत बिपतमा परेका र दक्षिण कोरियामा विभिन्न समस्यामा परेकालाई दैलेख समाज दक्षिण कोरियाले सहयोग गर्ने छ ।’