गाउँवासीलाई बाटो, ढल नालाको समस्या

325
views

पोखरा, २०, बैशाख । पोखरा २८ भुर्तेल गाउँ, स्याङखुदी, बास्तोला गाँउ, कर्णेल गाँउबासीले वडा भित्र बाटो, ढल नाला लगाएत कृषि उत्यादनको बजारीकरण गर्न मुख्य समस्या भएको बताएका छन् ।

नेपाली कांग्रेस वडा नम्बर २८ का उमेदवारहरुको घरदैलो कार्यक्रममा आफ्नो टोलमा आफ्नो गुनासो पोख्ने क्रममा उक्त कुरा वताएका हुन ।

कार्यक्रममा पोखरा २८ का वडा अध्यक्ष पदका उम्मेदवार श्रीकृष्ण लामिछानेले देशैभरी कांग्रेसको जनलहर र पार्टीप्रतिको विश्वास वढ्दै गएकोले सचेत नागरिकले कांग्रेस, माओवादी केन्द्र लगाएत गठबन्धनका उमेदवारलाई मतदान गर्न आव्हान गरे ।

उनले टोलटोलमा बाटो, ढल, नालीको समस्या रहेकाले आफु विजयी भएमा विकास निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने वताए । सो अवसरमा सदस्य पदका उमेदवारहरु डाल्डादेवी भुजेल, ईन्द्र्कला बिड्डक, कमल थापा र नारायण बजगाई लगायतले आ–आफ्नो प्रतिवद्धता जाहेर गरेका थिए ।