सत्तारुढ गठवन्धनले भरतपुरमा चुनावी सभा गर्दै

419
views

काठमाडौं, २२, वैशाख । नेपाली कांग्रेसले आज चितवनको भरतपुरमा चुनावी सभा आयोजना गर्दैछ । सभालाई प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

स्थानीय चुनावको केन्द्रविन्दु बनेको चितवनको भरतपुरमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी रेणु दाहाल मेयरको उम्मेदवार बनेकी छिन् ।

आजको कांगे्रसी सभालाई गठबन्धनको संयुक्त सभामा रुपान्तरण गर्दै प्रचण्ड, माधव नेपाल लगायतका नेताहरुले पनि सम्बोधन गर्नुहुनेछ ।

रेणुको उम्मेदवारीप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसका पुराना नेता तथा राष्ट्रिय सभाका पूर्व सदस्य जगन्नाथ पौडेलले स्वतन्त्र बागी उम्मेदवारी दिएपछि भरतपुरमा चुनावी सरगर्मी झनै बढेको छ ।