आगलागी हुँदा भोजपुरमा बालिका, पाल्पामा वृद्धको मृत्यु

422
views

नवदृष्टि डेष्क, २३ वैशाख । पाल्पामा एक घरमा आगलागी हुँदा एक वृद्ध र भोजपुरमा एक बालिकाको मृत्यु भएको छ ।

आगालागीमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ४ का ७९ वर्षीय मानबहादुर सोमै र भोजपुरको षडानन्द नगरपालिकामा रहेको बोया बिहीबारे बजारमा भएको आगलागीमा आगलागीमा स्थानीय खेममणि तामाङकी साढे २ वर्षीया छोरी रेश्मा तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुर र पाल्पाले जनाएको छ ।

भोजपुरमा आगालागीमा मृत्यु भएकी बालिकाका बुबा आमा घाईते भएका छन् । घाईते खेममणि तामाङ र मिना तामाङलाई उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

पाल्पाका मान बहादुर सोमै घरमा एक्लै बस्दै आएका थिए । उनको घरमा गएराति करिब एक बजेतिर आगो लागेको थियो । आगोले घर पूरै जलेर नष्ट भएको छ ।

आगलागीको कारण खुलेको छैन । क्षतिको पूरा विवरण पनि आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।