फनपाको मेयर पदमा पाँचदलिय गठवन्धनका उम्मेदवार तिवारीलाई समाजवादीको समर्थन

1468
views

पर्वत, २३, बैशाख । नेकपा (एकिकृत समाजवादी) फलेवास नगर कमिटीले फलेवास नगरपालिकाको प्रमुख (मेयर) पदमा उम्मेदवारी दिएका पाँचदलिय गठवन्धनका साझा उम्मेदवार गंगाधर तिवारीलाई सर्मथन दिएको छ ।

नेकपा (एकिकृत समाजवादी) फलेवास नगरपालिका नगर कमिटीका अध्यक्ष कृष्णप्रसाद लम्सालले आज प्रेस विज्ञप्ती जारी गरी पाँचदलिय गठवन्धनका प्रमुख (मेयर) पदका उम्मेदवार गंगाधर तिवारीलाई सर्मथन दिएको जनाएको छ ।

यस्तो छ प्रेस विज्ञप्ति

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एकिकृत समाजवादीका तर्फबाट उम्मेदवारी परेका उपमेयर लगायत वडा अध्यक्ष तथा सदस्य पदमा कलम चिन्हमा नै मतदान गर्न र नगरपालिकाको प्रमुख पद (मेयर) मा पाँचदलिय गठवन्धनका उम्मेदवार गंगाधर तिवारीलाई रुख चिन्हमा मतदान गर्न शुभचिन्तक सर्मथक र नगरवासी मतदाताहरुलाई आव्हान गरेको छ ।

फलेवास नगरपालिकामा नगर प्रमुख (मेयर) पदमा पाँचदलिय गठवन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका गंगाधर तिवा्री र उप–प्रमुख पदमा नेकपा माओवादी केन्द्रकी शोभा क्षेत्रीले उम्मेदवारी दिएका छन् ।

यस्तै एमालेबाट पूर्व मेयर पदमपाणी शर्माले नगरपालिकाको प्रमुख (मेयर) पद र मन्जु अधिकारीले उपप्रमुख पदमा उम्मेदवारी दिएका छन् ।