कुनपामा नेकपा (एकिकृत समाजवादी) का उपमेयरले लिए उम्मेदवारी फिर्ता, गठवन्धनलाई समर्थन

1192
views

नम्रता लामिछाने
पर्वत, २६ बैशाख । नेकपा (एकिकृत समाजवादी) पर्वतले कुश्मा नगरपालिकामा पाँचदलिय गठवन्धनका उम्मेदवारलाई भोट दिने निणर्य गरेको छ ।

नेकपा (एकिकृत समाजवादी) कुश्मा नगरपालिकाको उप-प्रमुखमा उम्मेदवारी दिएका प्रेम बहादुर गुरुङले यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पाँचदलिय गठवन्धनलाई समर्थन दिने गरी आफ्नो उम्मेदवारी निष्क्रिय भएको प्रेस वक्तव्य मार्फत जानकारी गराएका छन् ।

प्रेस वक्तव्यमा गुरुङले भनेका छन् ‘ यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा म प्रेम बहादुर गुरुङले कुश्मा नगरपालिकाको उप-प्रमुखमा उम्मेदवारी दिएक थिएँ, मैले पाँचदलिय गठवन्धन र आफ्नो पार्टी नेकपा (एकिकृत समाजवादी) को निर्देशन अनुसार गठवन्धनका साझा उम्मेदवारलाई विजयी गराउन कानूनी रुपमा उम्मेदवारी फिर्ता लिने समय वितिसकेको भएता पनि राजनीतिक रुपमा मेरो उम्मेदवारी निष्क्रिय बनाएको छु ।’

गुरुङले कुश्मा नगरपालिकाका आम मतदाता र जनसमुदायलाई नेपाली काँग्रेस, माओवादी केन्द्र लगायतको पाँच दलिय गठवन्धनका उम्मेदवारहरुलाई भारी मत दिएर विजयी गराउन आव्हान गरेका छन् ।