सल्यान बस दुर्घटनामा दुईको मृत्यु, २६ घाइते

616
views

दाङ, २५, असार । दाङ सल्यानमा आइतबार बस दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । सल्यान प्रहरी प्रमुख श्याम खत्रीका अनुसार सल्यान अस्पतालमा उपचारका क्रममा दुईजनाको मृत्यु भएको । मृत्यु हुनेको सनाखत हुन सकेको छैन । एक जनाको साथ बाट सल्यान छत्रेश्वरीका रातु खडकाको लालपुर्जा (जग्गा धनी पुर्जा) भेटिएको छ । बसमा २८ जना यात्रु सवार थिए ।
दाङबाट रुकुमकोटतर्फ यात्रु बोकेर हिँडेको सिस्ने हिमाल यातायता व्यवसायी समिति रुकुमको ना ४ ख ५७५४ नंम्बरको बस सल्यानको त्रिवेणी गाउँपालिका ५ सल्लेखोलामा दुर्घटना भएको थियो ।
घाइतेको उद्धार भइरहेको अञ्चल प्रहरी प्रमुख ज्ञानविक्रम शाहले जानकारी दिनु्भयो । उहाँले बस सल्लेखोलाको भीरबाट सय मिटर तल खेतमा खसेकोे जानकारी दिनुभयो ।
घाइतेको राप्ती अञ्चल अस्पताल तुलसीपुर, जिल्ला अस्पताल सल्यान र श्रीनगर अस्पतालमा उपचारका लागि लगिएको छ । भीरबाट खेतमा खसेको बसमा सवार यात्रुको उद्धारका लागि प्रहरी र स्थानीयहरु घटनास्थलमा खटिएका छन् ।