स्थानीय तह निर्वाचन परिणाम सन्तोषजनक: कांग्रेस

316
views

काठमाडौं, ९, जेठ । स्थानीय तह २०७९ को निर्वाचनको परिणाम सन्तोषजक रहेको नेपाली कांग्रेसले जनाएको छ । ७५३ पालिकामध्ये ३२० पालिकाको प्रमुख र २९३ पालिकाको उपप्रमुख जितेको कांग्रेसले ‘समग्रमा निर्वाचन परीणाम सन्तोषजनक रुपमा लिएको बताएको छ ।

स्थानीय तह निर्वाचनमा धेरै ठूलो सफलता हासिल गरेका छौं’ सोमबार पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, यदि पार्टीमा अन्तर्घात नभएको भए ४०० नजिक जित पुर्‍याउन सक्थ्यौं भन्ने अनुमान छ ।’

चुनावमा सत्तारुढ गठबन्धनका सहयोगी दलहरुले पनि उल्लेख्य सफलता पाएको देखिएको कांग्रेसले बताएको छ । यसले आगामी निर्वाचनमा गठबन्धनलाई मजबुत बनाउने आधार समेत बनाएको कांग्रेस प्रवक्ता डा. महतले बताए ।

पुनः मतदान गर्न माग

चुनावमा धाँधली भएको र राज्यशक्तिको दुरुपयोग भएको नेकपा एमालेको दाबीको कांग्रेसले खण्डन गरेको छ ।

बाजुराको बुढीगंगा नगरपालिकाको ४ वटा वडामा भने एमालेले धाँदली गरेको भन्दै पुनः मतदान गर्न माग गरेको छ । उदयपुरको त्रियुगाको एउटा वडामा पनि समस्या रहेको भन्दै तत्काल निणर्य गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।