स्थानीय तह निर्वाचन : कांग्रेस ३ सय २१, एमाले २ सय र माओवादी १ सय २० वटामा विजयी

409
views

पर्वत, १०, जेठ । देशभरका ७ सय ५३ वटा पालिकामध्ये अहिलेसम्म ७ सय ३४ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । २ सय ७५ नगरपालिका र ४ सय ५९ गाउँपालिका गरी ७ सय ३४ पालिकाको नतिजा सार्वजनिक भएको हो । अब १९ वटा पालिकाको मतपरिणाम आउन बाँकी छ ।

सार्वजनिक नतिजा अनुसार कांग्रेसले अहिलेसम्म ३ सय २१ वटा पालिका प्रमुख, नेकपा एमालेले २ सय पालिकाको प्रमुख पद जितेर दोस्रो, तेस्रोमा नेकपा माओवादी केन्द्रले २४ वटा नगरपालिका र ९६ वटा गाउँपालिका गरी १ सय २० वटा पालिकाको प्रमुख पद जितेको छ ।

यस्तै, जनता समाजवादी पार्टीले २९, नेकपा एकीकृत समाजवादीले १९ र लोकतान्त्रिक समाजवादी पार्टीले १५ वटा पालिकाको प्रमुख पद जितेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीले चार–चार वटा पालिकाको प्रमुख पद जितेका छन् ।

यस्तै, जनमत पार्टीले दुई तथा नेपाल मजदुर किसान, विवेकशील साझा, तमलोपा र जनप्रगतिशील पार्टीले एक–एक वटा पालिकाको प्रमुख जितेका छन् । स्वतन्त्र उम्मेदवारले १२ वटा पालिकाको पालिकाको प्रमुख पद जितेका छन् ।

मेयर÷उपमेयर तथा अध्यक्ष÷उपाध्यक्षमा दलगत विवरण

नेपाली कांग्रेस
मेयर÷अध्यक्ष–३ सय २१
उपमेयर÷उपाध्यक्ष–२ सय ९५

नेकपा एमाले
मेयर÷अध्यक्ष–२ सय
उपमेयर÷उपाध्यक्ष–२ सय २८

माओवादी केन्द्र
मेयर÷अध्यक्ष–१ सय २०
उपमेयर÷उपाध्यक्ष–१ सय २८

जसपा
मेयर÷अध्यक्ष–२९
उपमेयर÷उपाध्यक्ष–३०

एकीकृत समाजवादी
मेयर÷अध्यक्ष–१९
उपमेयर÷उपाध्यक्ष–२१

लोसपा
मेयर÷अध्यक्ष–१५
उपमेयर÷उपाध्यक्ष–११

राप्रपा
मेयर÷अध्यक्ष–४
उपमेयर÷उपाध्यक्ष–४

जनमोर्चा
मेयर÷अध्यक्ष–४
उपमेयर÷उपाध्यक्ष–३

नागरिक उन्मुक्ति पार्टी
मेयर÷अध्यक्ष–४
उपमेयर÷उपाध्यक्ष–३

जनमत पार्टी
मेयर÷अध्यक्ष–२
उपमेयर÷उपाध्यक्ष–१

मजदुर किसान पार्टी
मेयर÷अध्यक्ष–१
उपमेयर÷उपाध्यक्ष–१

तमलोपा
मेयर÷अध्यक्ष–१

जनता प्रगतिशील पार्टी
मेयर÷अध्यक्ष–१
उपमेयर÷उपाध्यक्ष–१

विवेकशील साझा
मेयर÷अध्यक्ष–१
उपमेयर÷उपाध्यक्ष–१

स्वतन्त्र
मेयर÷अध्यक्ष–१२
उपमेयर÷उपाध्यक्ष–४