गुजरात फाइनलमा, राजस्थान ७ विकेटले पराजित

357
views

काठमाडौं, ११, जेठ, ११ गते । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा नवप्रवेशी टोली गुजरात टाइटन्स फाइनलमा प्रवेश गरेको छ । गएराति भएको पहिलो क्वालिफायरमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरात फाइनल पुगेको हो ।

राजस्थानले दिएको १ सय ८९ रनको लक्ष्य गुजरातले १९ ओभर ३ बलमा ३ विकेट गुमाएर भेट्टायो । गुजरातका डेभिड मिलरले अविजित ६८ रनको अर्धशतकीय पारी खेले । कप्तान हार्दिक पाण्डेयले अविजित ४० रन जोडे । राजस्थानका ट्रेन्ट बोल्ट र ओबेड म्याकक्वेले १÷१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो ।

राजस्थानका जोस बट्लरले ८९ रनको अर्धशतकीय पारी खेले । कप्तान सन्जु सामसन ४७ रनमा आउट भए । गुजरातका मोहमद शामी, यश डयल, साई किशोर र हार्दिक पाण्डेयले १÷१ विकेट लिए । अब राजस्थानले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । इलिमिनेटरमा आज लखनउ सुपर जाइन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोर खेल्दैछन् । खेल राति पौने आठ बजे कोलकतामा हुनेछ ।