रुस र युक्रेन युद्धका ३ महिना पूरा : युक्रेनको स्थिति दिनप्रतिदिन नाजुक

646
views

काठमाडौं । रुस र युक्रेनबीच युद्ध भएको मंगलबार ३ महिना पूरा भईसकेको छ । युद्ध रोकिने संकेत देखिएको छैन् । युद्धका कारण युक्रेनको स्थिति दिनप्रतिदिन नाजुक बन्दै गएको छ ।

पछिल्लो समय रुसी सेनाले गरेको आक्रमणमा १४ जना सर्वसाधारण मारिएका छन् । युक्रेनको डोनेत्क्स र लुहान्स्क शहरमा गरिएको आक्रमणमा १४ जना मारिएका छन् भने थुप्रै घाइते भएका छन् । खार्किभमा रुसी सैनिकको गोली प्रहारबाट ६९ वर्षीया एक महिलाको मृत्यु भएको छ ।

रुसी सेनाले सो शहरलाई चारैतिरबाट घेरा हालेको छ । यता बेलायतका १ सय ५४ सांसदलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको छ । रुसी विदेश मन्त्रालयले मंगलबार उनीहरूलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको घोषणा गरेको हो ।

गत २४ फेब्रुअरीदेखि रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि विश्वभरबाट त्यसको विरोध भइरहेको छ ।